काठमाडौं । लिवियाबाट इटली जाँदै गरेको एक डुंगा ट्युनिशिया नजिक भूमध्य सागरमा दुर्घटनाग्रस्त भएको छ । इन्जिनमा खराबीका कारण भूमध्य सागरमा डुबेको सो डुंगा दुर्घटनामा परि ४३ जना प्रवासीहरुको मृत्यु भएको जनाइएको छ । ट्युनिशियाको रेड क्रिसेन्टले ४३ प्रवासीहरुको मृत्यु भएको र ८४ जनालाई उद्धार गरेको पुष्टि गरेको बीबीसीले जनाएको हो ।
लिबियाको उत्तर पश्चिमी तट जुवाराबाट छुटेको सोडुंगामा इजिप्ट, सुडान र बंगलादेशका नागरिक रहेका थिए । सन् २०१६ को जुन महिनामा पनि भूमध्य सागरमा एक डुंगा डुब्दा ११७ जनाको मृत्यु भएको थियो भने ३४० जनाको उद्धार गरिएको थियो ।
भूमध्य सागर युरोप र अफ्रिकाको बीचमा अवस्थित छ । अफ्रिका र मध्यपूर्वका धेरै नागरिकहरु गरिबी र युद्धका कारण त्यहाँबाट भागेर भूमध्य सागर पार गर्दै युरोपेली देश पुग्ने गरेका छन् ।
विगत केही वर्षयता यो बाटो प्रयोग गर्ने क्रम घटेको थियो । तर सन् २०२१ को सुरुवातदेखि फेरि यो बाटोमा चहल पहल बढेको छ । गत वर्ष ६ हजार सात सय जना भूमध्य सागर पार गर्दै इटली आएका थिए भने यस वर्ष १९ हजार ८ सय पुगिसकेको तथ्यांक सार्वजनिक भएको छ ।
प्रवासबाट थप समाचार
युक्रेनको पावर प्लान्टमा रुसको आक्रमण
इजरायलले गाजामा राहत सामग्री पुर्याउन तीनवटा बाटो खोल्ने
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ
सन्तानलाई संस्कार कि सम्पत्ति
इडिभीको नतिजा प्रकाशित
देशको पहाडी क्षेत्रमा वर्षा र तराईमा हावाहुरीको सम्भावना
नेपाल सरकारले एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने
जेठ २६ मा नेपाल पत्रकार महासंघको चुनाव हुने
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
जेठ २४ गतेसम्म निषेधाज्ञा थप
जेष्ठ १७, २०७८