TRENDING

उपत्यकामा अझै निषेधाज्ञा थपिने, तर केहि खुकुलो पार्ने निर्णय गरिँदै

काठमाडौं । कोरोना संक्रमण फैलिरहेको अवस्थालाई मध्यनजर गरि नेपालमा गत बैशाख १६ गतेदेखि लकडाउन जारी छ । हाल काठमाडौंमा जारी निषेधाज्ञा थप एक साताका लागि लम्ब्याउने तयारी भएको छ ।

तर लकडाउन अहिले भन्दा केहि खुकुलो हुने भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले यस्तो निर्णय गर्ने तयारी गरेको हो । यसपटकको लकडाउनमा टेम्पो र माइक्रो बस संचालन गर्न पाउने सम्बन्धिका निर्णय समेत हुने भएको छ । संयुक्त बैठक सकेसम्म आज दिउँसो र नसकेको खण्डमा भोली बिहान सम्म बसिने बताइएको छ ।

यस अघिको बैठकले २५ भन्दा बढि सिट भएका सार्वजनिक सवारी साधनहरु जोर बिजोरको आधारमा संचालन गर्न पाउने निर्णय गरेको थियो । कोरोना संक्रमण दर घट्ने क्रमसँगै निषेधाज्ञालाई पनि खुकुलो बनाउँदै लगिने बताइएको छ ।