

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ सिम्लेमा पहिरोमा पुरिएका २ जनाको उद्धार भएको छ । अविरल वर्षासँगै आएको पहिरोले एकै घरका हजुरआमा र नातिनी गरि २ जनालाई पुरेको थियो । घर माथिबाट गएको पहिरोेमा पुरीएको अवस्थामा वर्ष ५५ की खगिमाया भुजेल र वर्ष १४ कि विज्ञान भुजेललाई उद्धार गरिएको वडाध्यक्ष कृष्ण प्रसाद रेग्मीले बताउनुभयो । घाईते अवस्थामा रहेका दुवैजनालाई उपचारका लागि पोखरास्थित गण्डकी मेडिकल कलेज पठाइएको बताइएको छ ।
पहिरोका कारण सो ठाउँमा ९ बाख्रा र एउटा भैंसी पुरिएका छन् । वडाध्यक्ष रेग्मीका अनुसार सोहि स्थानका पाँच घर जोखिममा रहेका छन् भने डहरेबस्ती पूर्ण जोखिममा रहेको छ । स्थानीय बाङ्गेखोलामा आएको बाढीका कारण ४० घर जोखिम रहेको हुँदा घरका सामान सारेर सुरक्षित स्थानमा जान सबैलाई सूचित गरिएको उहाँले बताउनुभयो ।
यस्तै उक्त बाढीका कारण एक हजार दुई सय रोपनीमा लगाइएको धानखेत पूर्ण रुपमा क्षति भएको बताइएको छ ।
मुख्य समाचारबाट थप समाचार
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७