

काठमाडौं । नेपाल धितोपत्र बोर्डले विगत लामो समय देखि आफ्नो नीति तथा कार्यक्रममा सेयर बजारमा गैरआवासीय नेपालीलाई भित्र्याउने बुँदा राख्दै आएकोमा अब सो विषयको टुंगो लाग्ने भएको छ । सेयर बजारमा गैरआवासीय नेपाली (एनआरएनए) लाई भित्र्याउन नेपाल धितोपत्र बोर्डले गरेको अध्ययन सकिएसँगै यो विषयले पूर्णता पाउने भएको हो ।
लगानीको मोडल, लगानीकर्ताले लैजाने प्रतिफल तथा विभिन्न कानूनी जटिलताहरुका विषयमा अध्ययन गरिएको र सो बारे अर्थ मन्त्रालयसँग छलफल गर्ने तयारीमा जुटेको बोर्डले जनाएको छ ।
बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाका अनुसार आगामी साता सम्ममा अर्थ मन्त्रालयमा छलफल हुने र सो छलफल अध्ययनले दिएको सुझावको आधारमा हुनेछ । सोहि छलफलका आधारमा गैर आवासीय नेपालीलाई पुँजी बजारमा भित्र्याउने विषयमा टुंगो समेत लाग्नेछ ।
यो विषय पूर्णताको नजिक पुगेको र आगामी आवबाट नै एनआरएनएलाई भित्र्याउन सकिने सम्भावना प्रबल रहेको अध्यक्ष ढुंगानाको भनाई छ ।
समाचारबाट थप समाचार
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७