

काठमाडौं । भोली अर्थात् बुधबारदेखि निकै ठूलो वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । त्यसैले सबैलाई सतर्कता अपनाउन मौसमविद्हरुले सुझाव समेत दिएका छन् । भोलीदेखि देखि मनसुन न्यून चापीय रेखा नेपालको तराई नजिक रहने हुनाले मनसुन सक्रिय हुने भएको हो । मंगलबार बिहान विशेष मनसुन बुलेटिन–३ जारी गर्दै विभागले यस्तो सुचना दिएको हो ।
यो मनसुनका कारण प्रदेश नं १, २, बागमती र गण्डकी प्रदेशका धेरै तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम सम्म वर्षा हुने सम्भावना छ । यस क्रममा प्रदेश १, २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा भारी (ठूलो) तथा निकै ठूलो (धेरै भारी) वर्षाको समेत सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।
‘उक्त प्रदेशका पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ,’ जल तथा मौसम विज्ञान विभागले भनेको छ ।
सुचनापाटीबाट थप समाचार
देशका अधिकांश भागमा आज मौसम सफा रहने
सुनको भाउ एक हजार पाँच सय रुपैयाँले बढ्यो
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७