काठमाडौं । आज असार १५ अर्थात १८ औं राष्ट्रिय धान दिवस । देशभर रोपाँई गरी मनाइँदैछ । आज कृषि विभागले खुमलटारस्थित कृषि अनुसन्धान परिषद्को फार्ममा साँकेतिक रुपमा धान रोपी १८ औं राष्ट्रिय धान दिवश तथा रोपाइँ महोत्सव मनाएको छ । यसबाहेक धान उत्पादन हुने सबैजसो जिल्लाहरुमा पनि धान दिवशको कार्यक्रम हुने विभागले जानकारी दिएको छ । आजको यस दिवसमा साँस्कृतिक, परम्परागत तथा मनोरञ्जनात्मक (हिलो छ्याप्ने) कार्यक्रममा रोक लगाउनुका साथै मापदण्ड नै तयार पारी दिवस मनाउन थालिएको छ ।
नेपालको प्रमुख खाद्यान्न बाली धान उत्पादनका हिसाबले नेपाल १७ औं स्थानमा पर्दछ । साथै चीन, भारत, इन्डोनेसिया, बंगलादेश, थाइल्यान्ड, भियतनाम, म्यान्मार, फिलिपिन्स, कम्बोडिया र पाकिस्तान संसारकै १० प्रमुख धान उत्पादक देश हुन् । यो वर्ष नेपालमा कोरोना संक्रमणको जोखिम बीच विभिन्न ठाउँमा धान दिवस तथा रोपाइँ महोत्सवहरु भइरहेको खबर प्राप्त भएको छ । यो वर्षको मूल नारा ‘धान उत्पादनमा वृद्धिः खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि’ भन्ने रहेको छ ।
गत वर्ष नेपालमा ५६ लाख २१ हजार मेट्रिक टन धान उत्पादन भएको कृषि विभागको तथ्याँक रहेको छ । कुल १४ लाख ७३ हजार हेक्टर क्षेत्रफलमा गरिएको धान खेतीबाट ५६ लाख २१ हजार मेट्रिक टन धान उत्पादन भएको उल्लेख गरिएको हो । धान दिवसकै अवसर पारेर कृषि तथा पशुपंक्षी विकाश मन्त्री वसन्त कुमार नेम्बाङले शुभकामना सन्देश दिँदै कोरोना संक्रमणको जोखिम कायम नै रहेको अवस्थामा स्वास्थ्य सावधानी अपनाएर काम गर्न अनुरोध गर्नुभएको छ । साथै आगामी आर्थिक वर्षको बजेटमा किसान र कृषि लक्षित बजेट तथा कार्यक्रमले किसानको आर्थिक उत्थान र सम्वृद्धि हासिल गर्न सहयोग गर्ने विश्वास लिएको मन्त्रि नेम्बाङले बताउनुभयो ।
धान उत्पादनमा वृद्धि भएता पनि नेपाल अझै चामलमा आत्मनिर्भर बन्न भने सकिरहेको छैन । नेपाललाई कृषि प्रधान मुलुकका रूपमा लिइए पनि चामलमा आत्मनिर्भर बन्न नसक्नु दुःखद् भएको विज्ञहरूको भनाइ छ । कृषि मन्त्रालयका अधिकारीहरूको अनुसार नेपाललाई वार्षिक १० लाख टन चामल अपुग हुने गरेको छ ।
धान नेपालीको संस्कार र संस्कृतिसँग जोडिएको भए पनि उत्पादन अनुपात घटेर आयात बढेको अवस्था छ । यद्यपि सरकारले नेपालीहरूको मुख्य खाद्यान्नका रुपमा प्रयोग हुँदै आएको धान चामलमा आत्मनिर्भर बनाउने घोषणा भने गर्दै आएको छ । साथै, आर्थिक वर्ष २०७८/७९ को बजेटमा पनि ५ वर्षको अवधिमा धान उत्पादनमा आत्मनिर्भर हुने बताएको छ ।
बजारबाट थप समाचार
लघुचलचित्र ‘पाउलो’ : सडकबालकको संघर्ष र जुत्ताको जीवनकथा
एनसेलको शेयर खरिद बिक्रीबारे लिखित जवाफ माग
फर्जी कागज बनाएको आरोपमा तीन अधिकृतसहित ३२ जना पक्राउ
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
देवघाटका सुन्तला किसानलाई काठमाडौँ महानगरको सहयोग
भारतमा लोकसभाका लागि तेस्रो चरणको निर्वाचन सुरु
मातातीर्थमा आजदेखि मेला सुरु
नवौँ राष्ट्रिय पत्रकारिता दिवस आज
ब्राजिलमा बाढीका कारण ५५ जनाको ज्यान गयो, ७४ जना बेपत्ता
इजरायलले अल जजिरा च्यानलमाथि प्रतिबन्ध लगाउने
आज बागमतीसहित तीन प्रदेशमा वर्षाको सम्भावना
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
जेठ २४ गतेसम्म निषेधाज्ञा थप
जेष्ठ १७, २०७८