

हेटौँडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा आजबाट मिर्गौलाका बिरामीहरूका लागि निःशुल्क डायलाइसिस सेवाको शुभारम्भ गरिएको छ । हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले आज एक कार्यक्रमका बीच हेटौँडा अस्पतालमा मिर्गौलाका बिरामीहरूका लागि ५ वेडको निःशुल्क डायलाइसिस सेवाको उद्घाटन गर्नुभयो ।
हेटौंडा उपमहानगरपालिकाको समन्वयमा अस्पताललाई ५ वटा डायलाइसिस मेसिन प्राप्त भएको र उक्त मेसिन जडान गरी आजबाट मिर्गौला रोगका बिरामीहरुलाई उपचार सेवाको डायलाइसिस सेवा संचालनमा ल्याएको हो । हेटौडा अस्पताललाई हेटौंडा उप–महानगरपालिकाले २ वटा, बहुराष्ट्रिय कम्पनी युनिलिभरले २ वटा र हेटौँडा शिवम् सिमेन्ट एक वटा डाइलाइसिस मेसिन उपलब्ध गराएको हो ।
बिरामीहरुको अवस्थालाई मध्ये नजर गर्दै हेटौँडा अस्पतालमा हेटौँडा उपमहानगरपालिकाले थप २ वटा र रोटरी क्लबको सहयोगमा ३ वटा गरी ५ वटा मेसिन केही दिनमा नै प्राप्त हुने भएको मेयर महतले बताए । अस्पतालले आज तीन जना बिरामीहरुलाई डायलाइसिस सेवा उपलब्ध गराएको अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. रामचन्द्र सापकोटाले जानकारी दिनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै हेटौंडा उपमहानगरपालिकाका मेयर महतले हेटौँडा अस्पतालको गुणस्तरीय उपचार सेवाका लागि उपमहानगरपालिकाले थप बजेट विनियोजन गर्ने योजना रहेको भन्दै आगामी वर्षको नीति तथा कार्यक्रममा पनि केही सेवाहरुलाई सम्बोधन गरेको बताए । अस्पतालमा डायलाइसिस सेवा संचालनको सम्पूर्ण खर्च हेटौंडा उपमहानगरपालिकाले व्यहोर्ने जनाइएको छ ।
बागमती प्रदेशबाट थप समाचार
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
शिक्षकले आन्दोलन जारी राख्ने, सरकारसँग भएन सहमति
रुसले अस्वीकार गर्यो ट्रम्पको शान्ति प्रस्ताव
‘शिक्षकका मागप्रति सरकार संवेदनशील बनोस्, – सांसद थिङ
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७