TRENDING
होमपेज
पत्रकार परिचयपत्र दुरुपयोग रोक्न माग


काठमाडौँ । अनलाइन टिभी पत्रकार सङ्घले पत्रकार परिचयपत्रको दुरुपयोग भइरहेकाले रोक्न माग गरेको छ । सङ्घका महासचिव पवन फुयाँलले आइतबार प्रेस वक्तव्य जारी गर्दै बन्दाबन्दीमा पत्रकारका नाममा गैरपत्रकारबाट पत्रकार परिचयपत्रको प्रयोग बढेकाले रोक्न माग गर्नुभएको हो ।
गैरपत्रकारले पत्रकारको परिचयपत्र लिएर बन्दाबन्दीका बेलामा पनि हिँडडुल गर्ने, पत्रकारले पाउने पहुँचको प्रयोग गर्नेलगायतका क्रियाकलाप भइरहेको सङ्घले जनाएको छ । सङ्घले पत्रकार परिचयपत्रको दुरुपयोग रोक्न, छानबिनलाई कडाइ गर्न, शङ्का लागेमा सोधिखोजी गर्न र दुरुपयोग भएको पाइएमा सम्बन्धित निकायमा खबर गर्न पनि सङ्घले सबैलाई अनुरोध गरेको छ । साथै पत्रकार परिचयपत्र दुरुपयोग नियन्त्रण गर्ने सिलसिलामा प्रेस स्वतन्त्रतालाई असर पर्ने गतिविधि नगर्न पनि सङ्घले सरोकारवाला सबैको ध्यानाकर्षण गराएको छ ।
बागमती प्रदेशबाट थप समाचार
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
बैशाख १५, २०८२
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
बैशाख ११, २०८२
शिक्षकले आन्दोलन जारी राख्ने, सरकारसँग भएन सहमति
बैशाख १६, २०८२
रुसले अस्वीकार गर्यो ट्रम्पको शान्ति प्रस्ताव
बैशाख १६, २०८२
‘शिक्षकका मागप्रति सरकार संवेदनशील बनोस्, – सांसद थिङ
बैशाख १६, २०८२
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
बैशाख १५, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७