TRENDING

धादिङमा पहिरो जाँदा २ जना बेपत्ता, खोजीका लागि हेलिकप्टर माग

धादिङ । धादिङको रुबिभ्याली गाउँपालिका २ तिप्लिङमा गएको पहिरोमा परि दुईजना बेपत्ता भएका छन् भने डोजर टुक्रा टुक्रा भएको छ ।

शुक्रबार साँझ करिब ६ बजेको समयमा तिप्लिङको अता खोलाको माथिको भीरबाट पहिरो खस्दा साङ्कोष तिप्लिङ सडक खण्ड निर्माण गरिरहेको डोजर टुक्रा टुक्रा भएको थियो । सोही पहिरोमा परि २ जना बेपत्ता भएका हुन् । बेपत्ता हुनेहरुमा डोजर चालक सिन्धुपाल्चोक जिल्लाका राजु पराजुली र सहचालक रुबीभ्याली घर भएका जोजो तामाङ रहेको प्रहरीले जानकारी दिएको छ ।

यसैबीच बेपत्ताको खोजबिनका लागि जिल्ला प्रशासन कार्यालयले हेलिकप्टर माग गरिएको जनाएको छ । भोगोलिक बिकटता भएको कारण स्थलगत खोजबिन कठिन भएको भन्दै बेपत्ताको खोजीका लागि हेलिकप्टर मगाइएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको  छ ।