TRENDING
होमपेज
बन्चरो प्रहार गरी श्रीमतीको हत्या


देउखुरी । घोराहीमा बञ्चरो प्रहार गरी श्रीमान्ले श्रीमतीको हत्या गरेका छन् । घोराही उपमहानगरपालिका–३ बेलुवा निवासी ५७ वर्षीय मुकुन्दलाल चौधरीले बञ्चरो प्रहार गरी ४६ वर्षीया स्याना कुमारी चौधरीको हत्या गरेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।
सामान्य घरायसी विवादका कारण बुधबार बेलुका पौने ६ बजेतिर मुकुन्दलालले टाउकामा बञ्चरो प्रहार गरी घाइते भएकी उनको मेडिकल कलेज कोहलपुरमा स्याना कुमारीको बिहीबार उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता रिजालले जानकारी दिनुभयो । आरोपित मुकुन्दलाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मुख्य समाचारबाट थप समाचार
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७