काठमाडौं। हङकङको जायन्ट वायुसेवा कम्पनी क्याथे प्यासिफिक एयरले कोभिड-१९ का कारण आफ्नो ब्राण्ड क्याथे ड्रागनु बन्द गरेको छ। हवाई सेवा व्यवसायमा आएको असहज परिस्थितिका कारण व्यवस्थापन यस्तो निर्णयमा पुगेको कम्पनीले जनाएको छ।
उक्त कम्पनीमार्फत उडान गर्दै आएका यात्रुलाई अब समस्या भएको छ। कम्पनीले अब नेपालका लागि आफूसँग बाँकी रहेका दुई ब्राण्डमध्ये एउटा ब्राण्डमार्फत उडान गर्ने योजना छ। कम्पनीले एक महिनापछि क्याथे प्यासिफिकमार्फत नेपाल उडान गर्ने योजना बनाएको काठमाडौंस्थित आधिकारिक जेनरल सेल्स एजेन्ट्स अमरावती ट्राभल्सले जनाएको छ।
कम्पनीले यस अघि क्याथे प्यासिफिक, क्याथे ड्रागन र हङकङ एक्सप्रेस लगायत तीनवटा ब्राण्डमार्फत उडान गर्दै आएको थियो। अब क्याथे ड्रागन कम्पनी नै बन्द गरिएको छ, अमरावतीका सीइओ जुगेश श्रेष्ठले भने, तुलनात्मक हिसाबले क्याथे प्यासिफिकको सेवा थप राम्रो छ। कम्पनीसँग विकल्प बाँकी रहेकाले व्यवसाय बन्द भने नहुने उनले बताए।
ब्राण्ड नै बन्द भएपछि कम्पनीले क्याथे ड्रयागनमार्फत यात्रा गर्न टिकट काटिसकेका यात्रुलाई नोभेम्बर महिनाभित्रै रकम फिर्ता लिन सूचना जारी गरेको छ। नेपालमा क्याथे ड्रागनले साताको पाँच उडान गर्दै आएको थियो।
कम्पनीका अनुसार तीनवटा ब्राण्डमध्ये हङकङ एक्प्रेस लो कस्ट क्यारियर अन्तर्गत रहेको छ।
अटोबाट थप समाचार
आयात प्रतिबन्धले अधिकांश गाडीका सब-डिलर बन्द, ऋण लिएर तलब खुवाइँदै
नवलपुरमा बस दुर्घटना, २३ जना घाइते
भारतमा लोकसभाका लागि तेस्रो चरणको निर्वाचन सुरु
मातातीर्थमा आजदेखि मेला सुरु
नवौँ राष्ट्रिय पत्रकारिता दिवस आज
ब्राजिलमा बाढीका कारण ५५ जनाको ज्यान गयो, ७४ जना बेपत्ता
इजरायलले अल जजिरा च्यानलमाथि प्रतिबन्ध लगाउने
आज बागमतीसहित तीन प्रदेशमा वर्षाको सम्भावना
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
जेठ २४ गतेसम्म निषेधाज्ञा थप
जेष्ठ १७, २०७८