

काठमाडौं । यो हप्ता शेयर बजारमा रुरु जलविद्युत परियोजनाको आईपीओसहित ६ कम्पनीको शेयर थपिएको छ ।
यो हप्ता रुरु जलविद्युत, समता घरेलु लघुवित्त वित्तीय संस्था, सिनर्जी पावर, एनआरएन इन्फ्रास्ट्रक्चर, स्वाभिमान लघुवित्त र सूर्या लाइफा इन्स्योरेन्स कम्पनीको शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको हो ।
नेप्सेमा रुरु जलविद्युत परियोजनाको ४० लाख ७७ हजार ५५ कित्ता आईपीओ, समता घरेलु लघुवित्तको २८ लाख ५६ हजार २०१.६० कित्ता शेयर, सिनर्जी पावरको ३ लाख ३२ हजार ५ सय कित्ता बोनस शेयर, एनआरएन इन्फ्रास्ट्रक्चरको ३ लाख २२ हजार ८१४ कित्ता बोनस, स्वाभिमान लघुवित्तको १ लाख ५३ हजार ४२३.६० कित्ता बोनस शेयर र सूर्या लाइफको १० लाख ७७ हजार ५६९ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
यी मध्ये रुरु जलविद्युत परियोजनाको आईपीओ र समता घरेलु लघुवित्तको शेयर कारोबारमा आईसकेको छ । अन्य कम्पनीको शेयर हितग्रही खातामा आएपछि शेयरधनीले खरिदबिक्री गर्न सक्नेछन् ।
अर्थ बाणिज्यबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७