

काठमाडौं । यहाँ थप दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । जिल्ला अस्पतालको कोरोना वार्डमा उपचारका क्रममा रहेकी जयपृथ्वी नगरपालिका–३ की ५५ वर्षीया महिलाको ज्यान गएको हो । सात दिनदेखि बिरामी रहेकी महिला आइतबार मात्र जिल्ला अस्पताल भर्ना भएकी थिइन् ।
अस्पतालमा भर्ना भएपछि उनमा कोरोना पोजेटिभ देखिएको जिल्ला अस्पतालका डा मिलन खड्काले जानकारी दिनुभयो । कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएकी उनको आइतबार राति ११ः०० बजे ज्यान गएको स्वास्थ्य कार्यालयका कोरोना सम्पर्क व्यक्ति नारायण जोशीले बताउनुभयो ।
यसैबीच एक अर्का कोरोना सङ्क्रमितको पनि ज्यान गएको छ । कोरोना सङ्क्रमण पुष्टि भएपछि घर जाने क्रममा बीच बाटोमा नै उनको आइतबार राति १२ः०० बजे ज्यान गएको उनका आफन्तले जानकारी दिएका छन् । जिल्ला अस्पतालमा यही वैशाख १८ गते कोरोना जाँच गराउँदा रिपोर्ट पोजेटिभ आएको र १९ गते उनी तल्कोट गाउँपालिका–१ स्थित घर जानलाई सदरकमुकाम चैनपुरबाट हिँडेकी थिइन् । साँझ घर जाने क्रममा अबेर भएपछि उनी आफन्तको घरमा बसेको र राति १२ः०० बजे उनको मृत्यु भएको आफन्तले जनकारी दिएका छन् ।
कोरोना पोजेटिभ भएपछि होम आइसोलेशनमा बस्ने भन्दै उनी अस्पतालबाट निस्किएकी थिइन् । घर नआएर आइसोलेशनमा बस्नु भनेर भनेको भए पनि गाडी बुक गरेर घर आएको तल्कोट–१ का वडाध्यक्ष गोपाल धामीले बताउनुभयो । आफूले प्रहरीलाई खबर गरेर घर आउन नदिनू भनेर जानकारी गराएको भए पनि मृतक लेप्रहरीलाई छलेर घर आएको वडाध्यक्ष धामीले बताउनुभयो ।
जिल्लामा आइतबारसम्म कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या पाँच पुगेको छ भने कोरोना सङ्क्रमित हुनेको सङ्ख्या २०४ पुगेको छ । कोरोना सङ्क्रमण बढ्दै गएपछि जिल्लामा सोमबार बिहान १ः०० बजेदेखि निषेधाज्ञा लगाइएको छ । निषेधाज्ञाको पूर्ण पालना गर्दै सुरक्षित रहन सबैमा जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालले अनुरोधसमेत गरेको छ ।
मुख्य समाचारबाट थप समाचार
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७