काठमाडौं । भोलि अर्थात वैशाख १७ गतेदेखि सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले सर्वसाधारणका लागि आईपीओ बिक्री गर्ने भएको छ । कम्पनीले २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २३० कित्ता आईपीओ बिक्री गर्न लागेको हो ।
सर्वसाधारणका लागि बिक्री गरिने कुल कित्तामध्ये कर्मचारीहरुका लागि ५० हजार ३६५ कित्ता, सामूहिक लगानी कोषलाई १ लाख २५ हजार ९११ कित्ता छुट्याएर बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता सार्वजनिक निष्कासन गर्न लागेको हो ।
यो आईपीओ छिटोमा वैशाख २१ गते र ढिलोमा वैशाख ३१ गतेसम्म बिक्रीमा रहनेछ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।आईपीओ खरीदका लागि न्यूनतम १० कित्ता देखि अधिकतम २५ लाख १८ हजार २३० कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ ।
कम्पनीलाई आईपीओ विक्रीको लागि नेपाल धितोपत्र बोर्डले गत वैशाख २ गते अनुमति दिएको थियो । विसं २०७४ साल असार २७ गते बोर्डमा आईपीओका लागि निवेदन दिएको कम्पनीले करीब ४ वर्षमा आईपीओ विक्रीको अनुमति पाएको हो ।
अर्थ बाणिज्यबाट थप समाचार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढ्यो
शेयर बजार ८ अङ्कले बढ्यो, ३ अर्ब १५ करोड रुपैयाँको कारोबार
तोलामा दुई हजार रुपैयाँले बढ्यो सुनको भाउ
शेयर बजार ४५ अङ्कभन्दा धेरैले बढ्यो
तेस्रो खेलमा नेपाल विनवार्ड्ससँग ७४ रनले पराजित
संघीय संसदका दुवै सदनको बैठक आज बस्दै
पहाडी भेगको केही ठाउँमा आज बदली र बर्षाको सम्भावना
नबिल बैंकको प्रमुखमा पुनः ढुङ्गाना नियुक्त
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
जेठ २४ गतेसम्म निषेधाज्ञा थप
जेष्ठ १७, २०७८