

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायक कम्पनीलाई विद्युतीय माध्यमबाट भुक्तानीको व्यवस्था मिलाउन निर्देशन दिएको छ । प्राधिकरणले दोस्रो चरणको कोरोना सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको जनाउँदै सेवाग्राहीको आवतजावत कम गर्न सकेसम्म महसुल भुक्तानीलगायतका सेवा यथासम्भव विद्युतीय माध्यमबाट व्यवस्था मिलाउन निर्देशन दिएको हो ।
प्राधिकरणले अनुमति प्राप्त सबै सेवाप्रदायक कम्पनीलाई कोरोना सङ्क्रमणलाई ध्यानमा राख्दै सेवा प्रवाहलाई निरन्तरता दिन आज नौ बुँदे निर्देशन दिएको हो । प्राधिकरणमा कार्यरत आठ कर्मचारीको दोस्रो चरणको कोरोना सङ्क्रमण पुष्टि भएसँगै सबै काम अनलाइनमार्फत हुने भएको छ ।
प्राधिकरणको सबै काम अनलाइनमार्फत सञ्चालन भएपछि सेवाप्रदायक कम्पनीलाई समेत सकेसम्म घरबाट नै काम को व्यवस्था मिलाउन निर्देशन दिइएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार प्राधिकरणले सेवाप्रदायक कम्पनीलाई नेपाल सरकार र विश्व स्वास्थ्य सङ्गठनको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना गरी सेवा प्रवाह गर्न, प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ति तथा सेवाग्राहीमा सङ्क्रमणको जोखिमलाई न्यूनीकरण गर्न आवश्यक उपाय अवलम्बन गर्नसमेत निर्देशन दिएको छ ।
यस्तैगरी कर्मचारीलाई समूहमा विभाजन गरी समूह/समूहबीच प्रत्यक्ष सम्पर्क नहुने गरी कार्य गर्ने वातावरण मिलाउन, सङ्क्रमण देखिएका कर्मचारीको कोरोना परीक्षण गर्न तथा कन्ट्याक्ट ट्रेसिङको व्यवस्था मिलाउन, कोभिड–१९ सम्बन्धी समस्याको सहजीकरण र सम्पर्कका लागि व्यवस्थापन समूह गठन गरी सक्रिय बनाउन तथा प्राधिकरणबाट यसअघि जारी गरिएका निर्देशनको समेत परिपालना गर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।
बागमती प्रदेशबाट थप समाचार
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
शिक्षकले आन्दोलन जारी राख्ने, सरकारसँग भएन सहमति
रुसले अस्वीकार गर्यो ट्रम्पको शान्ति प्रस्ताव
‘शिक्षकका मागप्रति सरकार संवेदनशील बनोस्, – सांसद थिङ
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७