

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा चार हजार ८९७ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १४ हजार ८३४ जनाको परीक्षण गर्दा चार हजार ८९७ मा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो ।
तेह« हजार ८७९ को पीसीआर गर्दा चार हजार ७७४ र ९५५ जनाको एन्टीजेन गर्दा १२३ जनामा कोरोना पुष्टि भएको हो । कूल सङ्क्रमितमध्ये हाल ३० हजार २०९ सक्रिय सङ्क्रमित छन् । त्यस्तै कूल सङ्क्रमितमध्ये दुई हजार ४७ जना मात्र काठमाडौँ उपत्यकामा भेटिएका छन् । काठमाडौँमा एक हजार ४६४, ललितपुरमा ३५१ र भक्तपुरमा २३२ सङ्क्रमित भेटिएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा रिपोर्ट प्राप्त भएअनुसार १७ सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म मृत्यु हुने सङ्क्रमितको सङ्ख्या तीन हजार २११ पुगेको छ । पछिल्लो २४ घण्टामा ७७३ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
बागमती प्रदेशबाट थप समाचार
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
शिक्षकले आन्दोलन जारी राख्ने, सरकारसँग भएन सहमति
रुसले अस्वीकार गर्यो ट्रम्पको शान्ति प्रस्ताव
‘शिक्षकका मागप्रति सरकार संवेदनशील बनोस्, – सांसद थिङ
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७