TRENDING

उपत्यकामा भोलिदेखि अत्यावश्यक बाहेकका सेवा बन्द, यस्तो आयो निर्णय !

काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयले भोलिदेखि अत्यावश्यक बाहेकका सेवा एक साताका लागि बन्द गर्ने निर्णय गरेका छन् ।

कोरोना सङ्क्रमण बढ्दो अवस्थालाई मध्यनजर गरेर बसेको काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।

अत्यावश्यकमा शान्ति सुरक्षा संग सम्बन्धित निवेदन र मुद्वा संग सम्बन्धित कार्य सहित अन्य अत्यावश्यक सिफारिसका सेवा सुचारु हुने बताइएको छ ।

त्यस्तै, नयाँ नागरिकता, नागरिकता प्रतिलिपि र नाबालक परिचय पत्र , राहदानी विवरण तथा सिफारिश, हातहतियार दर्ता नवीकरण संस्था दर्ता तथा नवीकरण र पत्रपत्रिका दर्ता लगायतका सेवा भोलिबाट बन्द रहने छन् ।