TRENDING

११ अर्ब ८६ करोड बराबरको शेयर निष्काशन हुँदै, कहिलेदेखि ?

काठमाडौं । तीन कम्पनीको ११ अर्ब ८६ करोड ७० रुपैयाँ बराबरको हकप्रद शेयर आउने भएको छ । एचआईडीसीएल, कर्पोरेट डेभलपमेन्ट बैंक र अपी पावर कम्पनीले उक्त शेयर निष्नकाशन गर्ने भएका हुन् ।

यी कम्पनीहर शेयर निष्काशन तथा स्वीकृतिका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड(सेबोन) मा पाइपलाइनमा रहेका छन् ।

एचआईडीसीएल :

एचआईडीसीएलले ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता हकप्रद शेयर निष्काशन गर्ने भएको हो । कम्पनीले १ः०१ को अनुपातमा उक्त शेयर निष्काशनका लागि २०७७ चैत १२ गते सेबोनमा निवदेन पेश गरेको छ । शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा भने ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

कर्पोरेट डेभलपमेन्ट बैंक :

हकप्रद शेयर निष्काशनका लागि सेबोनको स्वीकृतिमा रहेको अर्को कम्पनी हो कर्पोरेट डेभलपमेन्ट बैंक । बैंकले ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता शेयर निष्काशन गर्नका लागि बोडमा निवेदन पेश गरेको छ । ०१ः०१.५ को अनुपातमा उक्त शेयर जारी गर्नका लागि २०७७ पुस २६ गते बोर्डमा निवेदन पेश गरेको हो । कम्पनीको शेयर ष्निकाशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

अपी पावर कम्पनी :

अपी पावर कम्पनीले ५६ करोड ७० लाख रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशनका लागि बोर्डमा निवेदन पेश गरेको छ । कम्पनीले १ः०.२९ को अनुपातमा ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर निष्काशनका लागि २०७७ फागुन ९ गते निवेदन दिएको थियो । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।