TRENDING

अब एक घण्टामा मै निःशुल्क डिम्याट खाता खोल्न सकिने, यस्तो छ व्यवस्था !

काठमाडौं । एनआईसी एशिया क्यापिटलले निः शुल्क डिम्याट खाता खोल्न सकिने व्यवस्था गरेको छ । धितोपत्र कारोबारका लागि अनिवार्य रहेको डिम्याट खाता खोल्न यस्तो व्यवस्था गरेको हो ।

क्यापिटलले एनआईसी एशिया अनलाईन डिम्याट सेवा उपत्यका बाहिरबाट समेत सञ्चालन गरेको उपलक्ष्यमा आगामी असार मसान्तसम्मका लागि निः शुल्क  डिम्याट खाता उपलब्ध गराउने बताएको छ ।

क्यापिटलले विगत लामो समयदेखि “एक नेपाली एक डिम्याट खाता” अभियान मार्फत डिम्याट खाताको पहुँच जनतामाझ पु¥याउन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

पछिल्लो समय कोरोना महामारीको दोस्रो लहर फैलिने क्रममा रहेको अवस्थामा पनि आम लगानीकर्ताहरुलाई सहजै डिम्याट खाता खोल्नका लागि क्यापिटलले अनलाईनको सुविधा दिएको हो ।

क्यापिटलका अनुसार देशको सम्पूर्ण क्षेत्रबाट अनलाईन मार्फत सहजै रुपमा निशुल्क डिम्याट खाता खोल्न सकिने व्यवस्था मिलाईएको हो । अनलाईन मार्फत डिम्याट खाता खोल्नका लागि एनआईसी एशिया क्यापिटलको वेवसाइट डब्लुडब्लुडब्लु डट एनआईसी एशिया क्यापिटल डट कम वा सोझै अनलाईन डिम्याट डट एनआईसी एशिया क्यापिटल डट कममा क्लिक गरी रितपूर्वक विवरणहरु पूर्ण रुपमा प्रविष्टि गरेको एक घण्टामै डिम्याट नम्बर उपलब्ध गराउने जानकारी समेत क्यापिटलले दिएको छ ।

क्यापिटलले एक घण्टाभित्र डिम्याट नम्बर उपलब्ध गराउने सुविधा भने आइतवारदेखि बिहीवारसम्म दिनको चार बजे र शुक्रबार दिनको एक बजे रहने समेत क्यापिटलले प्रष्ट पारेको छ ।

हाल डिम्याट खाता खोल्न स्वयंम व्यक्ति उपस्थित हुनुपर्ने व्यवस्था रहेकाले अनलाईमार्फत यो खाता खोल्ने ग्राहकहरुलाई १५ दिनभित्र क्यापिटलको कार्यालय वा नजिकको एनआईसी एशिया बैंकको शाखा कार्यालयमा सक्कल नागरिकलता लिई स्वयंम उपस्थित हुनका लागि पनि क्यापिटलले अनुरोध गरेको छ ।