TRENDING

सकियो अध्यक्ष ओली र नेता नेपालबीचको भेटवार्ता, के भयो सहमति ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भएको भेटवार्ता सकिएको छ । वार्तापछि उहाँहरू नागपोखरीस्थित मेरियट होटलबाट बाहिरीनुभएको छ । उहाँहरूले सो भेटबारे कुनै प्रतिक्रिया दिनुभएको छैन ।

पार्टीभित्र देखिएका अन्तरसङ्घर्ष व्यवस्थापन गर्ने सम्बन्धमा उहाँहरूबीच छलफल भएको हो । गत पुस ५ गते प्रतिधिसभा विघटनपश्चात उहाँहरूबीच संवाद हुन सकेको थिएन । यसअघि स्थायी समिति सदस्य योगेशकुमार भट्टराईले प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष ओलीसँग भेट गरी पार्टीभित्रका विवाद अन्त्यका लागि विशेष पहल लिन आग्रह गर्नुभएको थियो ।

नेकपा एमाले