

मकवानपुर । मकवानपुरमा आज भएको दुई फरकफरक दुर्घटनामा एकको ज्यान गएको छ भने चार गम्भीरसहित आठ घाइते भएका छन् । हेटौँडाबाट मनहरीतर्फ जाँदै गरेको बा २ ख ९०२९ नम्बरको ट्रकले सोही ट्रकले उछिन्दै गरेकोे ना ३१ प ८४२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल सवार हेटौँडा–१९, गुम्बाडाँडाका ३० वर्षीय गुणसिंह वाइबाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय, मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालका अनुसार दुर्घटनामा शरीरका विभिन्न ठाउँमा चोटपटक लागेर घाइते भएका उदयपुरका २७ वर्षीय मुकेश परियारको हाल हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । आजै मकवानपुरगढी गाउँपालिकाको जीतपुर नजिक कान्ती लोकपथमा जन्ती बोकेको जीप दुर्घटना हुँदा तीन गम्भीरसहित सात घाइते भएका छन् ।
आज बिहान बकैया–४ बाट जन्ती लिएर जीतपुरतर्फ जाँदै गरेको ना १ ज १७५१ नम्बरको टाटा सुमो जीप ब्रेक फेल हुँदा दुर्घटना भएको स्थानीयवासीले जनाएका छन् ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७