TRENDING
होमपेज
बोलेरोको ठक्करबाट पैदलयात्रीको मृत्यु


काठमाडौं । पूर्वी चितवनको राप्ती नगरपालिकामा बोलेरोको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका–३ झुरझुरेकी ७२ वर्षीया मेनुका ओली रहेको इलाका प्रहरी कार्यालय भण्डाराले जनाएको छ ।
पूर्व–पश्चिम लोकमार्गमा लोथरबाट खैरहनीतर्फ आउँदै गरेको बा३च २१८७ नंको बोलेरोले राप्ती नगरपालिका–३ झुरझुरेमा पैदलयात्री ओलीलाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते ओलीको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।
बोलेरोले ओलीलाई मङ्गलबार साँझ ६ः३० बजे ठक्कर दिएको थियो । ठक्करबाट घाइतेको राति १२ः३५ बजे मृत्यु भएको हो । ओलीलाई ठक्कर दिने बोलेरो र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।
बागमती प्रदेशबाट थप समाचार
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
बैशाख १५, २०८२
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
बैशाख ११, २०८२
शिक्षकले आन्दोलन जारी राख्ने, सरकारसँग भएन सहमति
बैशाख १६, २०८२
रुसले अस्वीकार गर्यो ट्रम्पको शान्ति प्रस्ताव
बैशाख १६, २०८२
‘शिक्षकका मागप्रति सरकार संवेदनशील बनोस्, – सांसद थिङ
बैशाख १६, २०८२
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
बैशाख १५, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७