TRENDING

सिंगटी हाइड्रोको आईपीओ कतिमा खुल्ला त कारोबार ?

काठमाडौं । सिंगटी हाइड्रो इनर्जीको आईपीओ दोस्रो बजारमा अधिकतम ३ सय रुपैयाँसम्म कारोबार खुला हुने भएको छ ।

कम्पनीले आईपीओ जारी गर्न प्रकाशन गरेको विवरण अनुसार कम्पनीको न्यूनतम प्रतिशेयर नेटवर्थको तीन गुणासम्म नेप्सेले ओपनिङ्ग कारोबार रेञ्ज तोक्ने भएकाले कम्पनीको शेयर अधिकतम ३ सय रुपैयाँसम्म खुल्नसक्ने देखिएको हो ।

सिंगटी हाइड्रो इनर्जीको आर्थिक वर्ष २०७६÷७७ को वित्तीय विवरण अनुसार प्रतिशेयर नेटवर्थ १ सय रूपैयाँ छ । यस आधारमा नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० ले कम्पनीको पहिलो कारोबारका लागि प्रतिशेयर न्युनतम १ रूपैयाँदेखि अधिकतम ३ रुपैयाँसम्म ओपनिङ रेञ्ज निर्धारण गर्नेछ ।

नेप्सेले हरेक कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थदेखि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गरेको छ । कम्पनीले चैत ६ गते देखि १० गतेसम्म कुल २९ लाख कित्ता आईपीओ निष्काशन गरेको थियो । बाँडफाँडमा गोलाप्रथाबाट २ लाख ६९ हजार ७०० जनाले १० कित्ताका दरले शेयर पाएका थिए ।