

काठमाडौं । सोमबार शेयर बजार साढे ३७ अंकले घटेको छ । बजार परिसुचक पनि २६६१.९३ अंकमा पुगि बन्द भएको छ । साताको दोस्रो कारोबार दिन बजारसंगै कारोबार रकम पनि घटेको छ । आइतबार ८ अर्ब ८० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । आज भने ६ अर्ब ७५ करोड ९४ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
सोमबार जलविद्युत र फाइनान्स बाहेक सबै राताम्मे बनेका छन् । आज जलविद्युत ३.१८ अंक र फाइनान्स ६.१७ अंकले बढेको छ । आज बैंकिङ समूह ३४.८५ अंक, व्यापार समूह, १०७.९, होटेल्स तथा पर्यटन २४०.८३ अंक, डेभलपमेन्ट बैंक ५६.८, निर्जीवन बीमा २३९.१३, माइक्रोमाफाइनान्स ६२.७ अंक र जीबन बीमा १२९.७७ अंकले घटेको छ । आज ज्योति लाइफ इन्स्योरेन्स र महिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । उक्त दिन ज्योति लाइफको सेयर मूल्य ९.९८ प्रतिशतले वृद्धि हुँदा प्रतिकित्ता ६८३ रुपैयाँ पुगेको छ । यस्तै, महिला लघुवित्तको ९.९४ प्रतिशतले वृद्धि हुँदा प्रतिकित्ता १ हजार ४६० रुपैयाँ पुगेको छ ।
उक्त दिन नागरिक लगानी कोषको सर्वाधिक कारोबार भएको छ । आज कोषको २८ करोड ३४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबारकै आधारमा एचआईडीसीएल दोस्रो स्थानमा छ । कम्पनीको २४ करोड ५७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै निफ्राको २३ करोड ८७ लाख, एनआईसी एशिया लघुवित्तको २३ करोड ८ लाख र उप्पर तामाकोशीको २२ करोड ४७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
अर्थ बाणिज्यबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७