TRENDING
होमपेज
मानव बेचबिखन आरोपमा एक पक्राउ


चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा नगरपालिका–४ घर भई राप्ती नगरपालिका–४ मा व्यवसाय गरी बस्ने ४० वर्षीय कुमार गौतम रहेका छन् ।
गौतमले आफ्नै रेष्टुराँमा काम गर्ने तीन महिलालाई उनीहरुको इच्छाविपरीत दबाब दिँदै वेश्यावृत्तिमा संलग्न गराएको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको कार्यालयका प्रहरी निरीक्षक सुवास भट्टले जानकारी दिनुभयो । गौतमलाई मानव बेचबिखन तथा ओसारपसार कसुरमा जिल्ला अदालतबाट सात दिनको समय थप गरी अनुसनधान शुरु गरिएको भट्टले जानकारी दिनुभयो ।
गौतमलाई वैशाख ४ गते पक्राउ गरिएको भट्टद्वारा आज जारी गरिएको सूचनामा उल्लेख छ ।
बागमती प्रदेशबाट थप समाचार
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
बैशाख १५, २०८२
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
बैशाख ११, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७