TRENDING

आज फेरि बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?

काठमाडौं । आज पनि सुनको मूल्य वृद्धि भएको छ । नेपाली बजारमा सोमबार छापावाला सुनको मूल्य तोलामा ३ सय रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज बढेर ९१ हजार रुपैयाँ तोकिएको छ । सोमबारका लागि तेजावी सुनको मूल्य ९० हजार ५ सय रुपैयाँ तोकिएको छ । यस्तै, आज पनि चाँदीको मूल्य स्थिर रहेको छ ।

अघिल्लो दिन प्रतितोला १३ सय रुपैयाँमा चाँदीको कारोबार भएको थियो । आज पनि सोही मूल्य निर्धारण गरिएको महासंघले जनाएको छ ।