

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघको २५ औं राष्ट्रिय महाअधिवेशन आगामी जेठ तेस्रो साता हुने गरी तय भएको छ ।
महासंघको शनिवार यहाँ बसेको केन्द्रीय कार्यसमितिको बैठकले आगामी जेठ २४ देखि २६ गतेसम्म २५ औं महाधिवेशन तथा २२औं महिला उद्यमी सम्मेलन सम्पन्न गर्ने निर्णय गरेको हो ।
बैठकले त्यसभन्दा अगाडि प्रदेश सम्मेलन, ७७ ओटै जिल्लामा अधिवेशन पनि सम्पन्न गर्ने निर्णय गरेको छ । महाधिवेशनले आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति चयन गर्ने छ । बैठकमा महासङ्घका महासचिव डम्बरप्रसाद रेग्मीले महासंघको प्रगति प्रतिवेदन र कोषाध्यक्ष सत्यनारायण प्रजापतिले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।
विगतमा भएका केन्द्रीय सचिवालय समिति बैठकका निर्णयको जानकारी र कार्य व्यवस्थापन समिति बैठकका निर्णयको बैठकले अनुमोदन गरेको थियो । महाधिवेशनका लागि समान प्रकृतिका सङ्घसंस्थासँग एकीकरणका सम्बन्धमा बैठकले निर्णय गरेको थियो । महासंघले नेपाल नवीकरणीय ऊर्जा परिसङ्घसँग एकीकरणका सन्दर्भमा प्रक्रिया अगाडि बढाएको छ ।
परिसङ्घ नेपालमा नवीकरणीय ऊर्जा प्रविधि विकास र विस्तारमा लागि क्रियाशील रहेका निजी क्षेत्रका कम्पनी र फार्महरूको छाता सङ्गठन र गैरसरकारी संस्थाको एकल संस्थाका रूपमा रहेको गैरनाफामूलक गैरसरकारी संस्था हो ।
बैठकमा परिसङ्घका अध्यक्ष गुणराज ढकालले महासंघसँग एकीकरणका लागि गरिएको निर्णयसम्बन्धी जानकारीपत्र महासङ्घका अध्यक्ष श्यामप्रसाद गिरीलाई हस्तान्तरण गरेका थिए ।
बैठकमा महासंघका अध्यक्ष श्याम गिरी, निवर्तमान अध्यक्ष सुरेश प्रधान, वरिष्ठ उपाध्यक्ष उमेशप्रसाद सिंह, उपाध्यक्ष सूर्य कँडेललगायतले संस्थाको गतिविधिका बारेमा जानकारी गराएका थिए ।
कर्पोरेटबाट थप समाचार
८ महिनामा व्यापार घाटा नौ खर्बमाथि : भारतसँग मात्रै ५ खर्बको
साताभर ओरालो यात्रामा सेयर बजार
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७