TRENDING

लगानीका लागि तयार हुनुहोस्, वैशाख ६ गतेदेखि आउँदैछ ५२ लाख ४१ हजार कित्ता शेयर, कति र कहिलेसम्म दिने आवेदन ?

काठमाडौं । बैशाख ६ गतेदेखि अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले हकप्रद शेयर निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ ।

कम्पनीले १ बराबर ०.५ को अनुपातमा प्रतिशेयर १०० रूपैयाँ अंकित दरमा ५२ लाख ४१ हजार १ सय ९७ सय कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।
उक्त हकप्रदमा वैशाख २६ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडल रहेको छ । कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने प्रयोजनका लागि चैत्र ९ गते एक दिनका लागि बुक क्लोज गरेको थियो ।