

काठमाडौं । नयाँ वर्ष २०७८ को बैशाख ३ गते शुक्रवार रू रू जलविद्युत् परियोजनाको आईपीओ बाँडफाँड हुने भएको छ । चैत २० गतेदेखि २४ गतेसम्म सर्वसाधारणका लागि जारी गरेको आईपीओसमय निर्धारण नभए पनि शुक्रवार बाँडफाँडको तयारी गरिएको विक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ ।
कम्पनीले प्रिमियम सहित प्रतिकित्ता १२० रुपैयाँमा सर्वसाधारणमा आईपीओ विक्री गरेको हो । सर्वसाधारणका लागि छुट्याइएको कुल ४ लाख ७ हजार ७०६ कित्तामध्ये ८ हजार १५४ कित्ता कम्पनीका कर्मचारीहरुलाई र २० हजार ३८५ कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी ३ लाख ७९ हजार १६७ कित्ता सार्वजनिक निष्कासन मार्फत विक्री गरेको हो ।
विक्री खुलाको अन्तिम दिन चैत २४ गतेसम्म १६ लाख ७० हजार ९११ जनाबाट २ करोड ३४ लाख १४ हजार १४० कित्ताको लागि आवेदन परेको विक्री प्रबन्धकको भनाइ छ । यो संख्या र कित्ता तथ्याङ्क प्रशोधनका क्रममा घटबढ हुन सक्ने विक्री प्रबन्धकले जानकारी दिएको छ ।
यस्तै, दोस्रो बजारमा पहिलो कारोबारका लागि कम्पनीको प्रतिशेयर नेटवर्थको तीन गुणासम्मको मूल्य तोकिने व्यवस्था अनुसार कम्पनीको शेयरले ११८ रुपैयाँ ८४ पैसादेखि ३५६ रुपैयाँ ५२ पैसासम्मको मूल्य रेञ्ज पाउने देखिन्छ ।
अर्थ बाणिज्यबाट थप समाचार
म्यान्माको भूकम्पपीडितलाई एक करोड पाउण्ड दिने बेलायतको घोषणा
८ महिनामा व्यापार घाटा नौ खर्बमाथि : भारतसँग मात्रै ५ खर्बको
साताभर ओरालो यात्रामा सेयर बजार
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७