TRENDING

आज फेरि बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौं । आज (चैत २४ गते) नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको हो ।

अघिल्लो दिन ८७ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर प्रतिोला ८७ हजार ५ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य ८७ हजार ५० रुपैयाँ तोकिएको छ ।

यस्तै, मंगलवार चाँदीको मूल्य भने स्थिर रहेको छ । अघिल्लो दिन तोलाको १२ सय ३५ रुपैयाँ कारोबार भएको थियो । आज पनि सोही मूल्यमा खरिदविक्री हुने महासंघले जनाएको छ ।