TRENDING

आज फेरि घट्यो सुनचाँदीको मूल्य, प्रतितोला कति ?

काठमाडौं । सोमबार सुनको मूल्य घेटेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको हो ।

अघिल्लो दिन स्थिर रहेको सुनको मूल्य आज घटेर ८७ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजावी सुनको मूल्य ८६ हजार ७५० रुपैयाँ तोकिएको छ ।

आज चाँदीको मूल्य पनि ओरालो लागेको छ । आज तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १२ सय ३५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।