

काठमाडौं । काठमाडौं स्थित ठमेलमा एटिएम ह्याक गर्दै गरेका चिनियाँ नागरिक प्रहरीको फन्दामा परेका छन् । काठमाडौँ महानगरपालिका– २७ ज्याठामा रहेको मेगा बैंकको एटिएम मेशिनको पिन नम्बर ह्याक गरेर नगद निकाल्न खोज्ने उनीहरुलाई प्रहरीले मंगलबार साँझ पक्राउ गरेको हो ।
उनीहरुले बैंकको एटिएम बुथको पिन ह्याक रेर रकम निकाल्न खोजेका थिए । उक्त सूचनाका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौँको दरबारमार्ग वृत्तबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
चिनियाँ नागरिक यहाँको एक होटलस्थित ४०५ नम्बर कोठामा बस्दै आएका उनका साथबाट मोबाइल चार थान, विभिन्न किसिमको १० वटा चाबीसहितको झुप्पा, विभिन्न बैंकका एटिम कार्ड १० थान, ड्रिल मेसिन, पेनड्राइभ, हिडन क्यामेरा चार थान, चिनियाँ ऐन दुई हजार ३८२, अमेरिकी डलर ६५ र दुई हजार १०० रुपैयाँ बरामद भएको प्रहरीे जनाएको छ । उनलाई बैंैकिङ कसुरअन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
अर्थ बाणिज्यबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७