TRENDING

११ करोड कित्ता हकप्रद शेयर निष्काशन गर्दै एचआईडिसीएल

काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट लिमिटेड (एचआईडिसीएल) ले हकप्रद शेयर निष्काशन गर्ने भएको छ ।

कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले ११ करोड कित्ता हकप्रद शेयर निष्कासन गर्नका लागि बोर्डमा गत चैत १२ गते निवेदन दिएको हो ।

विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।