TRENDING

मेलम्चीको पानी भोलिदेखि काठमाडौंका धारामा आउने

काठमाडौं । मेलम्चीको पानी भोलि (चैत्र १५ गते) देखि काठमाडौंका धारामा आउने भएको छ । मेलम्ची खानेपानी आयोजनाले मेलम्चीको पानी भोलीबाट काठमाडौँका धारामा पठाउने भएको हो ।

आयोजना सुरु भएको २२ वर्षपछि मेलम्चीको पानीले पूर्णता पाउन लागेको हो । गत फागुन २२ गते काठमाडौंको सुन्दरीजलमा मेलम्चीको पानी सुरुङ मार्फत पठाइएको थियो। परिक्षण सफल भएपछि आयोजनाले धारा–धारामा पानी पठाउन लागेको हो ।

काठमाडौंका धारामा पुरानै पाइपलाइनबाट पानी पठाउने तयारी रहेको रहेको काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रवक्ता प्रकाशकुमार राईले बताए । राईका अनुसार ८० हजार धारामा पाइपलाइन जडान गरिएको र दुई चरणमा गरी १७ करोड लिटर पानी वितरण गरिने छ ।

अहिले सम्म ८० हजार धारामा पाइपलाइन जोडिएको छ भने ३० हजार धारामा पाइपलाइन जोड्न बाकीँ रहेको छ । खानेपानी वितरणका लागी अन्तिम चरणको परिक्षण बाँकी रहेको खानेपानी लिमिटेडले जनाएको छ ।

परीक्षण अवधि तीन महिना रहेकाले पुरानै पाइपबाट पानी पठाइने र त्यस पस्चात नयाँ पाइप परीक्षणका लागि १० प्रतिशत पानी पठाइने योजना रहेको छ ।