TRENDING
होमपेज
बजारमा फेरि थपियो १ करोड ९ लाख कित्ता शेयर


काठमाडौं । यस साता शेयर बजारमा १ करोड ९ लाख ५८ हजार ७४३ कित्ता शेयर थपिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा यस साता तीन कम्पनीको उक्त शेयर सूचीकृत भएको हो ।
नेप्सेमा सनराइज बैंक, नेशनल लाइफ इस्योरेन्स कम्पनी, बुटवल पावर कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । सनराइज बैंकको ५२ लाख १ हजार ३३० कित्ता बोनस शेयर सूचीकृत भएको हो । कम्पनीले ५.८० प्रतिशत बोनस शेयर बापतको शेयर सूचीकृत गराएको हो ।
त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्सको ३० लाख ८२ हजार ६२६.५३ कित्ता बोनस शेयर थपिएको छ । कम्पनीले १० शेयरधनीहरुलाई दिएको १० प्रतिशत बोनस बापतको शेयर सूचीकृत गराएको हो ।
त्यसैगरि यस साता नेप्सेमा बुटवल पावर कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको १० प्रतिशत बोनस वापतको २६ लाख ७४ हजार ७८७ कित्ता शेयर सूचीकृत गराएको हो ।
अर्थ बाणिज्यबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
जेष्ठ २७, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७