TRENDING

आज ज्योति लाइफको आईपीओ बाँडफाँड : १२ लाखबढीको हात खाली, यस्तो छ सजिलै नतिजा थाहा पाउने नयाँ तरिका

काठमाडौं । आज  ज्योति लाईफ इन्स्योरेन्सको आईपीओ  बाँडफाँड हुने भएको छ । आईपीओ बाँडफाँडका लागि कम्पनीले बुधवार नै प्रि–अल्लोटमेन्ट सकाएको छ ।

विक्री प्रवन्धक एनएमबि क्यापिटल रहेको छ । ज्योतिले गत फागुन २१ गतेदेखि ६६ करोडको रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको थियो । कम्पनीको आईपीओ ५ लाख ९४ हजार जनाले १० कित्ताका दरले हात पार्ने भएका छन् ।

आईपीओमा १८ लाख ३२ हजार ९५८ जनाको आवेदन परेको थियो । मागभन्दा ६.५६ गुणा बढी आवेदन परेकाले १२ लाखभन्दा बढी लगानीकर्ताहरुको हात खाली हनुे भएको हो ।

आफूलाई शेयर परे नपरेको हेर्नको लागि यो पटक सिडिएससी ले बनाएको नयाँ वेबसाईट https://iporesult.cdsc.com.np/ मा जान सकिने छ ।

आईपीओ