TRENDING

बिहीवार थपियो बजारमा ५२ लाख १ हजार कित्ता शेयर, कारोबार कहिलेदेखि ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा ५२ लाख कित्ता बोनस शेयर सूचीकृत भएको छ । बिहीवार सनराइज बैंकको ५२ लाख १ हजार ३३० दशमलव ६३ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

कम्पनीले पुस १ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ५ दशमलव ८० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । अब यो शेयर हितग्राही खाताा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।