TRENDING

नेप्सेमा तीन कम्पनीको शेयरमूल्य समायोजन, कुनले कति तोक्यो ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंगलवार तीन कम्पनीको बोनस शेयरको मूल्य समायोजन भएको छ ।

नेप्सेले डिप्रोक्स लघुवित्त वित्तीय संस्था, महुली सामुदायिक लघुवित्त वित्तीय संस्था र सांग्रिला डेभलपमेण्ट बैंकको बोनस शेयरको मूल्य समायोजन गरेको हो ।

नेप्सेले डिप्रोक्स लघुवित्तको १५ प्रतिशत बोनस शेयरको समायोजन पछि शेयरमूल्य १ हजार ७२० रुपैयाँ, महुली सामुदायिक लघुवित्तको २० प्रतिशत बोनस शेयरको समायोजन पछि शेयरमूल्य २ हजार १८८ रुपैयाँ र सांग्रिला डेभलपमेण्ट बैंकको ५ प्रतिशत बोनस शेयरको समायोजन पछि शेयरमूल्य २०२ रुपैयाँ तोकेका छन् ।

तीनै कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ मंगलवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।

मूल्य समायोजन