TRENDING
होमपेज
५२ लाख ४१ हजार कित्ता शेयर निष्कासन गर्दै अरुण भ्याली !


काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको हकप्रद शेयरको मूल्य नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लेसमायोजन गरेको छ । सोमवार नेप्सेले ५० प्रतिशत हकप्रद शेयरको समायोजनपछि शेयरमूल्य २४२ रुपैयाँ तोकेको छ ।
कम्पनीको आइतवार कायम अन्तिम शेयरमूल्य ३१३ रुपैयाँ को आधारमा शेयरमूल्य समायोजन भएको हो । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि सोमवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।
कम्पनीले ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको हो । उक्त हकप्रद शेयर निष्कासन गर्नका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डबाट फागुन २५ गते स्वीकृति पाएको थियो ।
हाल कम्पनीको चुक्तापूँजी ९९ करोड ८३ लाख रुपैयाँ रहेको छ । यो हकप्रद शेयर निष्कासन पछि उक्त पूँजी १ अर्ब ५२ करोड २४ लाखभन्दा बढी पुग्नेछ ।
अर्थ बाणिज्यबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
जेष्ठ २७, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७