TRENDING

सिटिजन्स बैंकका ग्राहकलाई त्रिसरा रेस्टुरेन्टमा विशेष छूट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र त्रिसरा रेस्टुरेन्ट एण्ड बार बीच विभिन्न सेवा शुल्कमा विशेष छूट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट क्रेडिट÷प्रिभिलेज कार्डवाहकले त्रिसरा रेस्टुरेन्ट एण्ड बारको दरबारमार्ग, लाजिम्पाट, पोखरा लगायत देशैभरि रहेका शाखाहरुबाट सेवा लिदा विशेष छूट पाउँनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक महानूभावहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

बैंकले देशैभरी फैलिएका आफ्ना १०९ ओटा शाखा, ९८ ओटा एटिएम र १०७ ओटा शाखा रहित बैंकिङ ईकाईहरुबाट करीब सात लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

सिटिजन्स बैंक