

दमक । टिपरको ठक्करबाट शनिबार साँझ दमकमा थप एक जनाको ज्यान गएको छ ।
पूर्वपश्चिम राजमार्गको दमक–४ को चियाबगानस्थित सडक खण्डमा साँझ ५ः३० बजे पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश–१–०२–००१क १०८२ नंको टिपरले विपरीत दिशाबाट जाँदै गरेको प्रदेश–१–०२–०४४प ८१३३ नंको मोटरसाइकललाई ठक्कर दिँदा घाइते हुनुभएका मोरङ रतुवामाई नगरपालिका–८ बस्ने २३ वर्षीय नीरन बस्नेतको मृत्यु भएको हो । बस्नेतको साँझ नै विर्तामोड स्थित बिएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालले जनाएको छ ।
यस अघि सोही मोटरसाइकलमा पछाडि बस्नुभएका मोरङ रतुवामाई नगरपालिका–८ बस्ने २४ वर्षीय अनिष कोइरालाको उपचार गर्न लैजाने क्रममा मृत्यु भएको थियो । दुर्घटनामा टिपर चालक दमक–४ बस्ने ४९ वर्षीय प्रकाश तामाङलाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।
प्रदेश १बाट थप समाचार
प्रदेश नं १ सभाको बैठक बस्दै
जलेश्वर अस्पतालमा प्रसूति सेवा बन्द
इलाममा पनि ‘नाइरोबी फ्लाइ’का सङ्क्रमित फेला
नगरप्रमुख साम्पाङद्वारा श्रमदान
आजको मौसम: प्रदेशका अधिकांश स्थानमा वर्षको सम्भावना
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७