TRENDING
होमपेज
फेरि बढ्यो कुखुराको मासुको मूल्य, प्रतिकेजी कति पुग्यो ?


काठमाडौं । कुखुराको उत्पादन घटेपछि मासुको मूल्य बढेको छ ।
गत माघ १६ गते काठमाडौंको तारकेश्वर नगरपालिकामा टर्की र हाँसमा बर्ड फ्लुको संक्रमण देखिएपछि प्रतिकिलो ३ सय ७० रुपैयाँबाट घटेर ३ सय ४० रुपैयाँ पुगेको कुखुुराको मासुको मूल्य त्यसयता पटकपटक बढ्दै अहिले प्रतिकिलो ३ सय ९० रुपैयाँ पुगेको छ ।
मासु व्यवसायी संघले ३ सय ९० रुपैयाँ तोकेको भए पनि बजारमा व्यापारीहरूले प्रतिकिलो ४ सय रुपैयाँसम्म लिने गरेको पाइएको छ । अहिले कुखराको उत्पादन घट्नुका साथै कुखुरालाई खुवाइने दानाको मूल्यसमेत बढेकाले मासुको मूल्य बढेको बताइएको छ ।
मासु व्यवसायी संघका अध्यक्ष जंगबहादुर विसिले मासुको मूल्य बढ्नुमा कुखुराको उत्पादन घट्नु नै प्रमुख कारण भएको बताए । उनका अनुसार हाल कखुराको उत्पादन ४० प्रतिशतले घटेको आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
अर्थ बाणिज्यबाट थप समाचार
म्यान्माको भूकम्पपीडितलाई एक करोड पाउण्ड दिने बेलायतको घोषणा
चैत्र १८, २०८१
८ महिनामा व्यापार घाटा नौ खर्बमाथि : भारतसँग मात्रै ५ खर्बको
चैत्र १३, २०८१
साताभर ओरालो यात्रामा सेयर बजार
चैत्र ८, २०८१
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
बैशाख १५, २०८२
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
बैशाख १५, २०८२
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
बैशाख १५, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७