TRENDING

किन्ने होइन त नेपाल बैंकको साढे ४ लाख कित्ता शेयर ? प्रतिकित्ता कति छ मूल्य ?

काठमाडौं । नेपाल बैंकको स्वामित्वमा रहेको नागरिक लगानी कोषको ४ लाख ६८ हजार ८२८ कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला भएको छ ।गत मंगलवारदेखि उक्त शेयर लिलामी प्रकृयाबाट विक्री खुला भएको उक्त शेयरमा चैत १७ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

प्रतिकित्ता रू. १ हजार ५०२ दशमलव ५० तोकिएको छ । उक्त शेयर खरीद गर्न चाहनेले तोकिएको मूल्य वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ । बोलकबोल गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

यो शेयर विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । तोकिएको अवधिभित्र प्राप्त बोलपत्र चैत १८ गते अपरान्ह ३ बजे विक्री प्रबन्धको कार्यालय लाजिम्पाट, काठमाडौंमा खोलिने जानकारी बैंकले दिएको छ ।

नेपाल बैंक