

बलिउड नायक अमिताभ बच्चनका छोरा अभिषेक बच्चनको करिअर सुखद रुपमा चलिरहेको छ । बलिउडमा परिवारवादको मुद्दा चर्किरहेको समयमा अभिषेकले यो बिषयमा आफ्नो भनाई राखेका छन् । उनका अनुसार, २० बर्ष लामो चलचित्र करिअरमा अभिषेकलाई उनका पिता अमिताम बच्चनले कुनै पनि प्रकारको सहयोग गरेनन् ।
कुनै पनि कलाकारलाई लामो समयसम्म बलिउडमा रहनका लागि दर्शकको साथ नै महत्वपूर्ण भएको उनको तर्क छ ।
भारतीय मिडियासँग कुरा गर्दै अभिषेकले भने–‘वास्तविकता यो हो कि मेरो पिताले मेरा लागि आएका फोन समेत उठाएनन् । उनले मेरो लागि कुनै पनि चलचित्र बनाएका छैनन् । मैले बरु मेरो पिताका लागि ‘पा’ नामक चलचित्र बनाएँ । तर, मलाई मेरा पिताले कुनै सहयोग गरेका छैनन् ।’
अभिषेकले बलिउडलाई व्यापार भनेका छन् । उनले भने–‘यदि पहिलो चलचित्रपछि दर्शकलाई मेरो चलचित्र मन परेन भने मैले दोश्रो अवसर पाउन सक्दिनँ । बलिउडको वास्तविकता यही नै हो ।’
अभिषेकले आफ्नो चलचित्र नचलेपछि आफूलाई कुन–कुन चलचित्रबाट हटाइयो भन्ने पनि आफूलाई थाहा हुने उल्लेख गरेका छन् । अभिषेकका अनुसार, उनले आफूलाई मन पर्ने भुमिकाको बिषयमा नायक साहरुख खानसँग सल्लाह लिएका थिए । उनले भने–‘साहरुखले मलाई भनेका थिए कि, तिम्रो मनपर्ने भूमिका त्यो हुनुपर्छ कि, जुन तिमीले त्यो समयमा काम गरिरहेका छौ । यदि, उक्त भूमिका तिमीलाई मन परेको छैन भने किन तिमी उक्त भूमिका गरिरहेका छौ ।’
मनोरञ्जनबाट थप समाचार
यस्तो छ नयाँ गित – ‘मायाको हाँसो’
चीनको स्मलरीग अवार्डको नोमिनेशनमा नेपालको सर्टफिल्म ‘पाउलो’
रानीपोखरी अब सबैका लागि खुल्ला
सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शन
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७