TRENDING

बजारमा फेरि थपियो २ करोड ८४ लाख कित्ता शेयर, खरिदविक्री कहिले ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २ करोड ८४ लाख कित्ता शेयर सूचीकृत भएको छ । नेप्सेमा बुधवार तीन बैंक तथा वित्तिय कम्पनीको २ करोड ८४ लाख ८२ हजार ६५० कित्ता बोनस शेयर सूचीकृत भएको छ ।

ग्लोबल आइएमई बैंकको २ करोड ६५ लाख ६६ हजार २३१ दशमलदव ८ कित्ता बोनस शेयर, लुम्बिनी विकास बैंकको १९ लाख १ हजार ४१८ दशमलव २१ कित्ता र नेपाल सेवा लघुवित्त वित्तीय संस्थाको १५ हजार कित्ता बोनस शेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।

यी कम्पनीको बोनस शेयर शेयरधनीको हितग्राही खातामा आएपछि खरीदविक्री गर्न सक्नेछन् ।