TRENDING

पछिल्लो २४ घण्टामा थप ९४ मा कोरोना पुष्टि

काठमाडौँ । थप ९४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख ७५ हजार ५१८ पुगेको छ ।

थप दुई हजार ७८१ जनाको पिसिआर परीक्षण गरिएको थियो । हालसम्म पिसिआर परीक्षण गराउनेको सङ्ख्या २२ लाख २४ हजार २९३ पुगेको छ । हाल ४९ जना क्वारेन्टिनमा रहेका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म दुई लाख ७१ हजार ५५० जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर ५५ सङ्क्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर ९५४ सक्रिय सङ्क्रमित रहेको छ भने कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको सङ्ख्या शुन्य मृत्यु छ ।