

धादिङ । ईट्टा उद्योगमा काम गर्ने कामदारहरुका बालबालिकाहरुको पढाईलाई निरन्तरता दिनको लागि एभरेष्ट ईट्टा उद्योग र यति टायल एण्ड ब्रिक इण्डष्ट्रिजमा काम गर्ने मजदुरका बालबालिकालाई एक कार्यक्रमका बिच शैक्षिक सामाग्री वितरण गरिएको छ ।
थाक्रे गाँउपालिका वडा नं. ७ मा रहेको एभरेष्ट ईट्टा उद्योगका उद्योगी पुष्पराज रेग्मीको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रममा २० जना बालबालिकाहरुलाई र सोहि पालिकाको वडा नं. ८ मा रहेको यति टायल एण्ड ब्रिक इण्डष्ट्रिजमा लेखापाल रामकुमार कार्किको प्रमुख आतिथ्यता तथा अभिभावकको उपस्थितिमा १० जना बालबालिकाहरुलाई शैक्षिक सामाग्री प्रदान गरिएको हो ।
ईट्टा उद्योगमा बालश्रम उन्मुलन गर्न मजदुरका बालबालिकाहरुलाई बेटर ब्रिक नेपाल कार्यक्रम मार्फत प्रयास नेपाल धादिङले बिद्यालय अध्ययन सहयोग सामाग्री सहयोग गरेको हो । ईट्टा उद्योगको समग्र रुपान्तरणका लागि सञ्चालन गरेको बेटर ब्रिक नेपाल परियोजनाले धादिङ जिल्लामा रहेका ईट्टा उद्योगमा कार्यरत मजदुरका बालबालिकालाई बिद्यालय अध्ययन सहजताको लागि सहयोग गर्दै आएको छ ।
धादिङ जिल्लामा बेटर ब्रिक नेपाल कार्यक्रम संचालन भएको ३ वटा ईट्टा उद्योगहरु एभरेष्ट, यति र जाल्पादेवी विद्यालय जाने उमेरका ४२ जना बालबालिकाहरुलाई विद्यालय भर्ना गरेर आवश्यक शैक्षिक सामाग्रीहरु कापी कलम, पेन्सिल, कटर, ईलेजर, झोला, ड्रेस प्रदान गरेको परियोजनाका फिल्ड संयोजक सुनिता कँडेलले जानकारी दिनु भयो ।
शिक्षाबाट थप समाचार
शिक्षकले आन्दोलन जारी राख्ने, सरकारसँग भएन सहमति
‘शिक्षकका मागप्रति सरकार संवेदनशील बनोस्, – सांसद थिङ
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७