काठमाडौं । साहित्यकार केदार सङ्केतको नवनीतम् कृति ‘अफगानी रणमैदान’ सार्वजनिक गरिएको छ । राजधानीमा बिहीबार आयोजित कार्यक्रममा साहित्यकार रोचक घिमिरे, समीक्षक प्रा डा गोविन्दराज भट्टराई, प्रा डा कुमार कोइराला, नेत्र एटम, वरिष्ठ पत्रकार श्रीओम श्रेष्ठ ‘रोदन’, साहित्यकार इल्या भट्टराई र कवि उत्तम काँतिचले संयुक्तरुपमा युद्ध उपन्यास कृतिका रुपमा बजारमा आएको पुस्तक विमोचन गर्नुभएको हो ।
सो अवसरमा उहाँहरुले सर्जक सङ्केतको यो कृति युद्ध साहित्यमा रुचि राख्नेका लागि एक महत्वपूर्ण दस्तावेज भएको बताउनुभयो । युद्ध साहित्यमा अहिलेसम्म महत्वपूर्ण कृति प्रकाशित नभएको उल्लेख गर्नुहुँदै वक्ताले नेपाली साहित्यमा यस कृतिको खास महत्व प्रमाणित हुने धारणा राख्नुभयो । पुस्तकमा युद्धको बर्बर अवस्थाबाहेक माया, प्रेम, यौवनलगायत व्यङ्ग्यका पक्षलाई बेजोडसँग समेट्न कृतिकार सफल भएको वक्ताको भनाइ थियो ।
लेखक स्वयं युद्धमा संलग्न हुनुभएकाले त्यसको सजीव चित्रण पुस्तकमा गरिएको जनाइएको छ । साङ्ग्रिला बुक्सले सो पुस्तक प्रकाशित गरेको हो । तीन सय ९५ पृष्ठको पुस्तकको मूल्य रु ५९५ राखिएको छ । यसअघि लेखकका ‘आफैँ जलिरहेको देश’ (कविता सङ्ग्रह), ‘एथेन्सको झरी’ (नियात्रा), ‘सङ्केतका कविताहरू’लगायतका कृति प्रकाशित भएका छन् । सर्जक सङ्केत विभिन्न पुरस्कारबाट समेत पुरस्कृत भइसक्नुभएको छ ।
मनोरञ्जनबाट थप समाचार
ठमेल र दरबारमार्ग २४ सै घण्टा खुला
भक्तपुरमा ऐतिहासिक विस्केट जात्रा तयारी
लघुचलचित्र ‘पाउलो’ : सडकबालकको संघर्ष र जुत्ताको जीवनकथा
भारतमा लोकसभाका लागि तेस्रो चरणको निर्वाचन सुरु
मातातीर्थमा आजदेखि मेला सुरु
नवौँ राष्ट्रिय पत्रकारिता दिवस आज
ब्राजिलमा बाढीका कारण ५५ जनाको ज्यान गयो, ७४ जना बेपत्ता
इजरायलले अल जजिरा च्यानलमाथि प्रतिबन्ध लगाउने
आज बागमतीसहित तीन प्रदेशमा वर्षाको सम्भावना
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
जेठ २४ गतेसम्म निषेधाज्ञा थप
जेष्ठ १७, २०७८