TRENDING

२ लाख कित्तासम्म आवेदन दिने मिल्ने गरि केही दिनमै आउँदैछ २९ करोडको आईपीओ !

काठमाडौं । २ लाख कित्तासम्म आवेदन दिने मिल्ने गरि आउँदो चैत ६ गतेदेखि नयाँ आईपीओ आउने भएको छ । सिंगटी हाइड्रो इनर्जीले कम्पनिले प्रतिकित्ता १०० रुपैयाँका दरले २९ करोड रुपैयाँको २९ लाख कित्ता आईपीओ निष्काशन गर्ने भएको हो ।

कम्पनीले ५८ हजार कित्ता कर्मचारी र १ लाख ४५ हजार कित्ता सामूहिक लगानी कोषलाई र बाँकि रहेको २६ लाख ९७ हजार कित्तामा सर्वसाधरण लगानिकर्ताले आवेदन दिन पाउनेछन् ।

उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सकिने बताइएको छ ।  आईपीओमा ६ गतेदेखि चैत १० गतेसम्म आवेदन दिन सकिनेछ । त्यस अवधिमा माग अनुसार आवेदन नपरेमा र चैत २० गतेसम्म दिन सकिनेछ ।

आईपीओ