TRENDING
होमपेज
चीनबाट पहिलो पटक युरिया मल आयात


चौतारा । साल्ट ट्रेडिङ कर्पोरेसनले पहिलो पटक चीनबाट झिकाएको २० टन युरिया मल तातोपानी नाकाबाट आज नेपाल भित्रिएको छ । सिल्क मार्केट प्रालिले ढुवानी गरी ल्याएको दुई कन्टेनरबाट ४०० बोरा अर्थात् २० टन युरिया मल भन्सार यार्डमा भित्रिएको तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत गणेशप्रसाद पौडेलले बताउनु भयो ।
नेपाल सरकारको अनुमतिबाट चीनबाट चार हजार मेट्रिकटन युरिया मल खरीद गर्न ११ नोभेम्बर २०२० मा बोलपत्र आह्वान गरिएकामा ४०० बोरा आयात गरिएको साल्ट ट्रेडिङ कर्पोरेशनका सहायक महाप्रबन्धक पङ्कज जोशीले जानकारी दिनु भयो । झिकाइएका मल क्रमशः आउँदै गरेको र एक हजार २०० मेट्रिकटन काभ्रेको बनेपा, दुई हजार मेट्रिकटन काठमाडौँ, ८०० मेट्रिकटन नुवाकोट जिल्लाबाट पहाडी जिल्लामा वितरण गरिने उहाँले बताउनु भयो ।
बागमती प्रदेशबाट थप समाचार
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
बैशाख १५, २०८२
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
बैशाख ११, २०८२
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
जेष्ठ ७, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७